site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जलवायु परितर्वनले समयअगावै बुढो बनाउँछ 

काठमाडौं । जलवायु परिवर्तनले बढिरहेको तापक्रमले मान्छेको छालामा असर पार्ने तथ्य प्रकाशित भएको छ । बढ्दो तापक्रमले मान्छेको छालालाई समयअगावै बुढो बनाउने गरेको देखिएको छ । प्रत्यक्ष रूपमा बाह्य वातावरणको सम्पर्कमा रहने छालालाई बढ्दो तापक्रमले बुढो बनाउँछ ।

‘लिबिनिज रिसर्च इन्सिच्युट फर इन्भारोमेन्टल मेडिसन’ र भारतका वैज्ञानिकले संयुक्त रूपमा भारतका तीन सहरका १५ सय १० जना महिलामा अनुसन्धान गरेका थिए ।  यो अनुसन्धानले तापक्रम बढ्दा छाला बुढो हुने गरेको तथ्य सार्वजनिक गरेको छ । जलवायु परिवर्तनबाट छालामा पार्ने असरबारे यो पहिलो अध्ययन हो । यो अध्ययन ‘जर्नल डर्माटाइटिस’मा प्रकाशित भएको छ ।

अध्ययनमा सामेल महिलाहरू बसोवास गर्ने क्षेत्रको पछिल्लो पाँच वर्षको तापक्रम, आद्र्रता र वायु प्रदूषणको तथ्यांक पनि अध्ययनमा समावेश गरिएको थियो । यी सबै तथ्यका आधारमा वैज्ञानिकहरूले तापक्रम बढ्दा निधारमा काला धब्बा देखिने, छालामा चाउरी पर्ने गरेको फेला पारेका छन् ।

“यो पहिलो अध्ययन हो जसले जलवायु परिवर्तनका कारण मानिसको छाला छिटो बुढो हुँदै गएको देखाउँछ,” प्रमुख अनुसन्धानकर्ता प्रोफेसर जिन क्रुटम्यानले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “हामी यस्तो किन हुन्छ भनेर कारणको थप अध्ययन गर्नेछौँ र रोकथामका लागि रणनीति बनाउने उद्देश्यले जिम्मेवार संयन्त्रको विश्लेषण गरिरहेका छौँ ।”

 

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १४:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro