site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
स्ट्यान्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली सीईओ बने तत्कालीन राजा वीरेन्द्रका ज्वाइँ

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोरख राणा नियुक्त भएका छन् । बेलायती बहुराष्ट्रिय बैंकको नेपालस्थित शाखामा यसअघिसम्म विदेशी नागरिक नै सीईओ भएका थिए ।

सन् २०२२ को जनवरी १ देखि उपप्रमुख कार्यकारी अधिकृत रहेका राणा हाल सीईओ भएका हुन् । राणाले विगत ३० वर्षदेखि स्ट्यान्डर्ड चार्टर्ड बैंकमा काम गर्दै आएका छन् ।

बैंकका अनुसार राणाले आउँदो जनवरी १ देखि सीईओको जिम्मेवारी सम्हाल्नेछन् । गएको आइतबार बसेको बैंकको बोर्ड बैठकबाट उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरिएको हो । विगत ६ वर्षदेखि बैंकको नेतृत्वमा रहेका अनिर्वाण घोष दस्तीदारको सीईओका रूपमा कार्यकाल सकिएपछि गोरख नियुक्त भएका हुन् ।

सन् १९९४ मा उनले ग्रीनलेज बैंकमा रिटेल तथा प्राइभेट बैंकिङ हेर्ने जिम्मेवारीसहित बैंकिङ करियर सुरु गरेका थिए । ग्रीनलेज बैंक स्ट्यान्डर्डअन्तर्गत आएपछि उनले व्यवस्थापक, क्रेडिट व्यवस्थापक, हेड अफ क्लाइन्ट कभरेज ग्लोबल बैंकिङ प्रमुखजस्ता जिम्मेवारी सम्हालेका बैंकले जनाएको छ ।

उनले अमेरिकाको इलिनोइस विश्वविद्यालय अर्बाना–च्याम्पेनबाट एमबीए गरेका छन् । उनले नक्स कलेजबाट अर्थशास्त्रमा बीए गरेको उल्लेख गरेका छन् ।

उनी तत्कालीन राजा वीरेन्द्र शाहका ज्वाइँ हुन् । ०५८ जेठ १९ गतेको दरबार हत्याकाण्डमा उनकी श्रीमती एवं वीरेन्द्रकी छोरी श्रुतीले पनि ज्यान गुमाएकी थिइन् । स्ट्यान्डर्ड चार्टर्ड नेपालमा एक मात्र अन्तर्राष्ट्रिय बैंकका रूपमा रहेको बैंक हो ।

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १३:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro