site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पर्सामा सुरु भयो रवि र छविको बयान

काठमाडौं । सरकारी वकिल कार्यालय पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको बयान लिन सुरु गरिएको छ । पर्साको सानोपाइला सहकारीको रकम अपचलनका विषयमा लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशीको बयान लिन सुरु गरिएको हो ।

मंगलबार बिहानैदेखि उनीहरूसँग बयान लिइँदै छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई सोमबार (हिजो) काठमाडौं हुँदै विमानमार्फत बाराको सिमरा र त्यहाँबाट गाडीमा पर्सा लगिएको थियो । जोशीलाई भने सडकमार्ग हुँदै पर्सा पुर्‍याइएको थियो ।

सानोपाइला सहकारीको रकम अपचलन आरोपमा लामिछानेसहित १४ जनाविरुद्ध यही मंसिर १९ गते पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । सानोपाइला सहकारीको करिब ९२ करोड रुपैयाँ अपचलन भएको खुलेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro