site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
१२ अंकले घटेको बजारमा पाँच अर्बबराबरको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार १२ अंकले घटेको छ । सेयर बजार परिसूचक १२.८४ अंकले घटेको हो । योसँगै समग्र बजार मापक २६७६.१५ मा झरेको छ ।

यस दिन ९२ कम्पनीको सेयर मूल्य बढेको छ । १३८ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच अर्ब ६२ करोड ९९ लाख ४५ हजार रुपैयाँबराबरको एक करोड १५ लाख २३ हजार तीन कित्ता सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

बजार घट्दा पनि इमर्जिङ नेपाल लिमिटेड, महिला लघुवित्त, सिटिजन बैंक डिबेन्चर, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड, हिमालय डिस्ट्रिलरीलगायत कम्पनी उच्च कारोबार गर्नेमा परे ।

समूहगत उपसूचकतर्फ फाइनान्स, लगानी, म्यानिफ्यक्चरिङ एन्ड प्रोसेसिङ, म्युचअल फन्ड तथा अन्य समूहको सेयर मूल्य सामान्य बढेको छ । बाँकी समूहको सेयर मूल्य घटेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १५:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro