site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
छविलाई सडकमार्गबाट पर्सा पुर्‍याइयो, रविलाई हवाईमार्गबाट लगिँदै

काठमाडौं । वीरगञ्जको सानोपाइला सहकारी प्रकरणको रकम अपचलनबारे बयानका लागि पूर्वडीआईजी छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट पर्सा पुर्‍याइएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका जोशी र खनाललाई सोमबार पर्सा पुर्‍याइएको हो । उनीहरूलाई आइतबार राति नै सडकमार्ग हुँदै पर्सा लगिएको थियो ।

सोमबार पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पनि पर्सा लगिँदै छ ।

उनलाई पोखराबाट हवाई मार्ग हुँदै काठमाडौं र काठमाडौंबाट हवाईमार्ग हुँदै सिमरा लगिने प्रहरीले जनाएको छ । लामिछाने गत कार्तिक २ गते र पूर्वडीआईजी जोशी असोज ६ गते पक्राउ परेका थिए ।

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro