site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा दिउँसो वर्षाको सम्भावना, रातिबाट मौसम सफा हुने 
फाइल तस्बिर । 

काठमाडौं । काठमाडौंमा आज दिनभर बदली हुनेछ । आंशिकदेखि पूर्णतया बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

काठमाडौंमा आज दिउँसो वर्षाको सम्भावना रहेको छ । “काठमाडौंमा बदली रहेकाले आज वर्षाको सम्भावना पनि छ,” मौसमविद् मीनकुमार अर्यालले बाह्रखरीसँग भने, “हामीले हल्का वर्षा काठमाडौंमा पनि हुन्छ भनेका छौँ । तर, वर्षाको सम्भावना उच्च भने छैन ।” 

काठमाडौंका केही स्थानमा पूर्ण बदली भइ दिउँसो जुनसुकै समय वर्षा हुनसक्ने सम्भावना रहेको उनले बताए । 

“यो ठूलो प्रणाली विकास भएको होइन । विकास भएको प्रणालीले सुदूरपश्चिम र कर्णालीमा असर गर्ने हो,” मौसमविद् आर्यालले भने, “त्यसको केही असर यता (काठमाडौं) आएर वर्षा गराउने हो । स्थानीय वायु सक्रिय भएर पश्चिमी वायुलाई सपोर्ट गर्यो भने वर्षा हुने हो ।” 

काठमाडौंमा आज रातिबाट मौसम सफा हुनेछ । भोलिबाट मौसम पूरै सफा हुने उनले जानकारी दिए । 

 

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  ०८:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro