site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दुर्गा प्रसाईंलाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । आइतबार काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको हो ।

प्रसाईंविरुद्ध विद्युतीय कसुरको अपराधमा प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ ।

यसैगरी, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीविरुद्ध अर्को पक्राउ पुर्जी समेत लिएको छ ।

विभिन्न व्यवसायीलाई धम्क्याएको कसुरमा पक्राउ परेका झापाका हरिचन्द्र फुयालसँग प्रसाईंको 'कनेक्सन' देखिएपछि उनीविरुद्ध पनि आपराधिक लाभको कसुरमा पक्राउ पुर्जी जारी भएको हो ।

प्रसाईंलाई सीआईबीको टोलीले मंसिर ४ मा भक्तपुरबाट पक्राउ गरेको थियो । 

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro