site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा सुनको सिक्री लुटपाट गर्ने दुईजना समातिए

काठमाडौं । काठमाडौंमा सुनको सिक्री लुटपाट आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको धुनिबेँसी नगरपालिका–२ का ४२ वर्षीय गोरे तामाङ र काठमाडौं महानगरपालिका–१५ का ३९ वर्षीय बाबु भनिने कृष्णप्रसाद श्रेष्ठ छन् । 

काठमाडौंकै नागार्जुन नगरपालिका–६, टोखेलकी ७२ वर्षीया वृद्धाले घाँटीमा लगाएको करिब दुई तोला सुनको सिक्री लुटपाट गरेको उनीहरूमाथि आरोप छ । गएको बिहीबार दिउँसो बा९६प ५७१७ नम्बरको मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूले सुनको सिक्री लुटपाट गरी फरार भएको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो ।

पक्राउपश्चात् उनीहरूका साथबाट दुई तोलाको सुनको सिक्री र एकथान मोटरसाइकल समेत बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १६:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro