site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बढी कर तिर्ने करदातालाई परिसंघको सम्मान

काठमाडौं । नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०८१ को अवसरमा नेपाल सरकारबाट सम्मानित भएका उच्च करदातालाई सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ (संस्था तथा व्यक्ति)लाई उच्च करदाताको रूपमा सम्मान गरेको थियो । सम्मानितमध्ये दुईवटा सरकारी लगानी रहेका कम्पनी छन् । १४ वटा निजी एवं सार्वजनिक क्षेत्रका छन् । परिसंघले निजी एवं सार्वजनिक क्षेत्रका १४ उच्च करदातालाई सम्मान गरेको हो ।

राष्ट्रिय कर दिवस २०८१ को अवसरमा आर्थिक वर्ष २०७८/७९ मा वस्तु निर्यात कारोबारमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने करदाता डाबर नेपाल, एकलौटी फर्ममध्येबाट सबैभन्दा बढी आयकर तिर्ने श्रुती ट्रेडर्स, सूचना प्रविधिसम्बन्धी सेवा निर्यातको कारोबार गर्ने मध्येबाट सबैभन्दा बढी आयकर तिर्ने कोडावतार, कृषि एवं पशुुपंछीजन्य उद्योगमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने पतञ्जली आयुर्वेद, बैंक, वित्तीय संस्था र बिमाको कारोबार गर्नेमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने नबिल बैंकलाई परिसंघले सम्मान गरेको हो ।

यस्तै, स्वास्थ्य तथा शैक्षिक संस्थामध्येबाट सबैभन्दा बढी आयकर तिर्ने लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, पर्यटन व्यवसायमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने तारागाउँ रिजेन्सी होटेल, वस्तु व्यापारको कारोबारमध्ये सबैभन्दा बढी आयकर तिर्ने भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर, ऊर्जामूलक उद्योगमध्येबाट सबैभन्दा बढी आय कर तिर्ने भोटेकोशी पावर कम्पनी, रेमिटेन्स तथा मनि ट्रान्सफरको कारोबार गर्नेमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई परिसंघले सम्मान गरेको हो ।

यसैगरी, ०७५ साउनदेखि ०८१ असार मसान्तसम्मको कर अवधिमा मूल्य अभिवृद्धि कर र विवरण र सो अवधिको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्ने होङ्सी शिवम् सिमेन्ट, वार्षिक कारोबार रकम ५० करोडसम्म कारोबार गर्ने करदातामध्ये आर्थिक वर्ष २०७९/८० को आयविवरण अनुसार सबैभन्दा बढी आयकर तिर्ने सोल्टी इन्टरप्राइजेज्‌लाई पनि सम्मान गरेको छ । 

विशेष उद्योगमध्येबाट सबैभन्दा बढी आयकर तिर्ने वरुण वेभरेज नेपाल र व्यक्तिगत आयतर्फ सबैभन्दा बढी आय कर तिर्ने जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहलाई परिसंघले सम्मान गरेको छ । शाह परिसंघका उपाध्यक्ष समेत हुन् ।  

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १६:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro