site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
सिरियाका विद्रोही नेताले सरकारी टीभी र रेडियोलाई दिएको सन्देशमा के भने ?
तस्बिर : रोयटर्स ।

काठमाडौं । सिरियाको राजधानी दमास्कस कब्जा गरेपछि विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएएस)ले सरकारी टेलिभिजन च्यानल र रेडियोमार्फत सन्देश जारी गरेको छ ।

“हामीले राष्ट्रपति बसर अल–असदको शासन अन्त्य गरिसकेका छौँ,” विद्रोही समूहले सरकारी टेलिभिजन र रेडियोमार्फत दाबी ग¥यो ।

विद्रोही समूहले जेलबाट राजनीतिक बन्दीहरूलाई मुक्त गर्ने घोषणा पनि गरेको छ । एचटीएएस नेतृत्वको विद्रोही समूहले बसर अल–असदले देश छाडेको दाबी गरेको छ ।  शनिबार सिरियाको तेस्रो ठूलो सहर होम्स र आइतबार राजधानी दमास्कस कब्जा गरेको र असद सरकारलाई हटाएको विद्रोहीले दाबी गरेका छन् ।

सिरियाका प्रधानमन्त्री मोहम्मद गाजी अल जलालीले भने आफू दमास्कसमै रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा जारी गरेको सन्देशमा भनेका छन्, “सिरिया आफ्नो छिमेकी र विश्वका अरू देशहरूसँग राम्रो सम्बन्ध राख्ने मुलुक बन्न सक्छ ।” बीबीसीबाट ।

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १४:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro