site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतमा कार तालमा खस्दा पाँचजनाको मृत्यु

नयाँ दिल्ली । भारतको दक्षिणी राज्य तेलंगानामा शनिबार बिहान कार तालमा खस्दा कम्तीमा पाँचजनाको मृत्यु भएको छ । एकजना घाइते भएका पुष्टि भएको छ ।

दुर्घटना राज्यको यादद्री भुवनगिरि जिल्लाको जलालपुरनजिकै भएको हो । कारचालकले गाडीमाथि नियन्त्रण गुमाएकाले दुर्घटना भएको अनुमान छ ।

राज्यको राजधानी हैदरावादबाट भुदन पोचमपल्ली क्षेत्रमा निकै तीव्र गतिमा गुडिरहेको कार दुर्घटनामा परेको बताइएको छ ।

पाँचैजनाको शव तालबाट निकालिएको छ । घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । रासस÷सिन्ह्वा

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  १५:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro