site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हवाई दुर्घटना अनुसन्धान गर्ने स्थायी आयोग गठनबारे कानुनी प्रक्रिया आगाडि बढ्याे : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सुरक्षित र नियमित आकाश  नेपालीको पहिलो प्राथमिकता रहेको बताएका छन् । 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसर पारेर यहाँ आयोजित कार्यक्रममा मन्त्री पाण्डेले सुरक्षित र नियमित उडान सञ्चालनमा जोड दिएका हुन् ।  

पछिल्लो समय तथ्य र तथ्यांकभन्दा पनि लहडको भरमा काम गर्ने प्रवृत्ति बढेको भन्दै लहडको भरमा काम गर्दा देश दुर्घटनामा पर्ने उनको जिकिर छ । 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा उनले हवाई दुर्घटनाबारे अनुसन्धान गर्ने स्थायी आयोग निर्माणको लागि कानुनी प्रक्रिया आगाडि बढेको बताए । 

मन्त्री पाण्डेले आयोग बनेपछि नेपाली आकाशमा देखिएको समस्या केही हदसम्म समाधान हुने विश्वास व्यक्त गरे । 

नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमबीच सहकार्य गर्न सके पनि हवाई क्षेत्रमा देखिएका समस्या समाधान हुने उनको भनाइ छ । 

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  १२:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro