site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
फरार प्रतिवादी १५ वर्षपछि पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी १५ वर्षपछि पक्राउ परेका छन् । ०६७ साल असोज २० गते दोलखाको तत्कालीन गैरीमुदी गाविस–३ का वीरबहादुर तामाङको हत्या गरी फरार रहेकी कमला गोले तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार (आज) काठमाडौंको गोकर्णेश्वरबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, निज गोलेले वीरबहादुरलाई खुकुरी प्रहार गरी हत्या गरेको मुद्दामा सर्वोच्च अदालतले ०७२ भदौ ११ गते १२ वर्ष कैद ठहर गरेको थियो । दोलखाको वैतेश्वर गाउँपालिका–१ की ४७ वर्षीया कमला कर्तव्यलगत्तै फरार भएकी थिइन् । रासस
 

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १७:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro