site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जहाजमा जान्छु भनेका रविलाई मध्यरात १२ बजे चितवनबाट किन हिँडाइयो ?

चितवन । रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले रातारात चितवनबाट कास्की पुर्‍याएको छ । दिनभरको बयानपछि उनलाई राति १२ बजे चितवनबाट कास्की हिँडाइएको थियो ।

हिरासतमा रहेका व्यक्तिलाई मध्यराति किन हिँडाउनुपरेको भन्ने बाह्रखरीको प्रश्नमा चितवनका एक प्रहरी अधिकृतले भने, “उहाँ (रवि)ले गाडीमा होइन जहाजमा जान्छु भन्नुभएको थियो । बयान पनि सकियो । चितवनसहित विभिन्न जिल्लाका कार्यकर्ता पनि यहाँ उपस्थित भएर हिंसा भड्काउने योजना बनाएको हामीले सूचना पाएका थियौँ । त्यसैले रातारात पठाएका हौँ ।”

लामिछानेलाई रातिको १२ बजे चितवनबाट पोखराका लागि गाडीमा लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले उनलाई राति ३ बजेतिर कास्की पुर्‍याइएको र अहिले हिरासतमा रहेको पुष्टि गरे । “उहाँलाई पोखरा पुर्‍याउँदा  बिहानको ३–४ बजेको थियो होला । अहिले जिल्ला प्रहरी कार्यालयको कस्टडीमा हुनुहुन्छ,” डीएसपी शर्माले बाह्रखरीसँग भने ।

यसअघि, बुधबार प्रहरीले रास्वपाका नेताहरूलाई बिहीबार ११ बजेको उडानबाट पोखरा लगिने बताएको थियो । तर, उनलाई रातारात पोखरा लगिएको रास्वपाका नेताहरूले जनाएका छन् । बुधबार रविका समर्थकले चितवनमा प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा झडप हुँदा प्रहरीसहित प्रदर्शनकारीहरू घाइते भएका थिए ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  १५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro