site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्राइम बैंकले ५ प्रतिशत नगद लाभांश दिने 

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको सत्रौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बैंकका सञ्चालक समिति अध्यक्ष राजेन्द्रदास श्रेष्ठको सभापतित्वमा काठमाडौंमा बुधबार साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभाले अघिल्लो आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सञ्चालक समितिद्वारा प्रस्तावित चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्तावलाई अनुमोदन गरेको छ ।

बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख ७५ हजार सात सय रुपैयाँ रहेको छ ।

शो सभामा अध्यक्ष श्रेष्ठले बैंकले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कर्जातर्फ ३० अर्ब ८६ करोड वा १८.९२ प्रतिशतले वृद्धि गरी कुल १ खर्ब ९३ अर्ब र निक्षेपतर्फ ३६ अर्ब ९४ करोड अर्थात् २०.६९ प्रतिशतले वृद्धि गरी कुल २ खर्ब १५ अर्ब ५१ करोड पुर्याएको बताए ।

बैंकले सञ्चालन मुनाफामा पनि गतवर्षभन्दा १७.७२ प्रतिशतले बृद्धि गरी कुल ७ अर्ब ५१ करोड आर्जन गरेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  ११:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro