site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रधानसेनापति सिग्देल भारत जाँदै, भारतीय सेनाको मानार्थ महारथीबाट सम्मानित हुने 
फाइल तस्बिर ।

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले भारत भ्रमण गर्ने भएका छन् । उनले मंसिर २६ देखि २९ गतेसम्म भारतको भ्रमण गर्ने भएका हुन् । 

भारतका स्थलसेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा प्रधानसेनापति सिग्देल भारत जान लागेका हुन् । 

“भ्रमणको दौरान उहाँलाई भारतका राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्नुहुने कार्यक्रम छ,” नेपाली सेनाले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

सो अवसरमा प्रधानसेनापतिले भारतका उच्चपदस्थ पदाधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । साथै, भारतीय सैनिक एकेडेमीमा तालिमरत अधिकृत क्याडेटहरूको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी हुने जनाइएको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro