site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कुखुरा फार्ममा तास खेलिरहेका ६ जना पक्राउ

काठमाडौं । बर्दियामा तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । बाँसगढी नगरपालिका–४, मगरपुरस्थित कृष्ण अधिकारीको कुखुरा फार्ममा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कृष्णसहितका व्यक्तिहरू छन् । मंगलबार (आज) बिहान उनीहरूलाई पक्राउ गरिएको हो ।

नगद ४४ हजार २९० रुपैयाँ, तास, मोबाइल ६ र मोटरसाइकल एकथानसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro