site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
६.६ डिग्री सेल्सियसमा झर्‍यो काठमाडौंको तापक्रम

काठमाडौं । देशभर चिसो बढ्दै गएको छ । तापक्रम क्रमिक रूपमा घट्दो क्रममा छ ।

मंगलबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ०८१ साल लागेयता काठमाडौंमा मापन गरिएको यो कम तापक्रम हो ।

सोही समयमा सोमबार (हिजो) काठमाडौंको न्यूनतम तापक्रम ७.० डिग्री सेल्सियस थियो । आइतबार (अस्ति) काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाले मंगलबार बिहान सार्वजनिक गरेको देशका १६ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –४.१ डिग्री सेल्सियस छ । सोमबार जुम्लाको न्यूनतम तापक्रम –३.५ डिग्री सेल्सियस थियो । आइतबार जुम्लाको न्यूनतम तापक्रम –३.१ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

मंगलबार ताप्लेजुङको न्यूनतम तापक्रम ६.०, डडेलधुराको ६.५, ओखलढुंगाको ७.५, वीरेन्द्रनगरको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सिय मापन गरिएको छ । सोमबार ताप्लेजुङको न्यूनतम तापक्रम ६.३, डडेलधुराको ७.०, ओखलढुंगाको ८.३, वीरेन्द्रनगरको न्यूनतम तापक्रम ७.३ मापन गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे मापन गरिएको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ ।

तापक्रमको विवरण हेर्नोस्–

ewfgm-1733197372.jpg
 

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  ०९:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro