site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
९.९९ अंकले घट्यो नेप्से, आठ अर्ब ८३ करोडको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार ९.९९ अंकले घटेको छ । नेप्से ०.३६ प्रतिशतले घटेर २७३८.०६ को विन्दुमा झरेको छ ।

यस दिन आठ अर्ब ८३ करोड २२ लाख रुपैयाँमा एक करोड ६७ लाख ६७ हजार १६८ कित्ता सेयर कारोबार भएको छ ।

कारोबारमा रहेका १३ उपसमूहमध्ये तीनवटाको मात्र समूहगत परिसूचक बढेको छ ।

पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा जानकी फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

विशालबजार कम्पनी लिमिटेड, कर्पाेरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोसी विकास बैंकको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको हो ।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १५:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro