site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एमएडब्ल्यू ग्रुप फोटोन ग्लोबल अवार्ड्स २०२४ बाट सम्मानित

काठमाडौं । एमएडब्ल्यू ग्रुपले प्रतिष्ठित फोटोन ग्लोबल अवार्ड २०२४ मा दुई महत्त्वपूर्ण सम्मान प्राप्त गरेको छ । कम्पनीले विद्युतीय सवारीसाधन (ईभी)को क्षेत्रमा नेतृत्व र बिक्री कार्यसम्पादनका निम्ति विश्वव्यापी मञ्चमा आफ्नो मान्यता स्थापित गर्दै पुरस्कार पाएको जनाएको छ ।

एमएडब्ल्यू ग्रुपका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाललाई लिडरसिप इन न्यु इनर्जी प्रोमोसन अवार्ड २०२४ प्रदान गरिएको कम्पनीले जनाएको छ ।

यस्तै, एमएडब्ल्यू वृद्धि कमर्सियलका सीईओ तुषार गुप्ताले नेपालमा ईभी भ्यानका निम्ति एक्सेलेन्स इन सेल्स अवार्ड २०२४ प्राप्त गरेका छन् ।

यो उपलब्धिले एमएडब्ल्यू ग्रुपको अतुलनीय बिक्री सफलता र यस क्षेत्रमा ईभी बजारलाई पुनः परिभाषित गर्ने नवीन रणनीतिलाई झल्काएको कम्पनीको दाबी छ ।

यो पुरस्कार फोटोन ग्रुपका उपाध्यक्ष एवं फोटोन ओभरसिज बिजनेसका अध्यक्ष फू जुनले प्रदान गरेका थिए ।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १३:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro