site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कञ्चनपुरमा श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । कञ्चनपुरमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–८, तिलाचौरका ४८ वर्षीय नरेन्द्रसिंह बिष्ट छन् ।

श्रीमती ३० वर्षीया ज्योति बिष्टको हत्या गरेको उनीमाथि आरोप छ । शनिबार (हिजो) राति उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नरेन्द्रसिंहले मादकपदार्थ सेवन गरी हँसिया प्रहार गर्दा घटनास्थलमै ज्योतिको मृत्यु भएको भन्ने सूचनापछि खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १२:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro