site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
अष्ट्रेलिया र न्युजिल्यान्डमा ‘ह्रस्व दीर्घ’ प्रदर्शन

सिड्नी । चलचित्र ‘ह्रस्व दीर्घ’ले अस्ट्रेलिया र न्युजिल्यान्ड आफ्नो विदेशको प्रदर्शनको सुरुआत गरेको छ । बिहीबारदेखि अष्ट्रेलिया र न्युजिल्यान्डमा रहेका नेपाली दर्शकबाट प्रदर्शनको सुरुआत गरेको चलचित्रले पहिलो दिन नै राम्रो प्रतिक्रिया पाएको छ । 

‘ह्रस्व दीर्घ’ अष्ट्रेलियाको इभेन्ट सिनेमाज, युनाइटेड सिनेमाज र भिलेज सिनेमा हलमा रिलिज गरिएको हो । यो चलचित्र अष्ट्रेलियाको सबैजसो सहरमा रिलिज भएको छ । नेपालमा दर्शकबाट अत्यधिक माया पाएसँगै चलचित्रले अष्ट्रेलिया र न्युजिल्यान्डमा रहेका दर्शकमा माग बढेको हो । 

चलचित्रले नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । चलचित्रमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा , प्रशान्त ताम्राकार, सञ्चीता लुइँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायत कलाकारको अभिनय रहेको छ । 

अभिनेता अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली चलचित्रमा द्वन्द्व निर्देशकको रूपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेब्यु नेपाली सिनेमा हो ।

अभिनेत्री नीता ढुंगानाको लगानी निर्माण भएको यो सिनेमा तेलुगु र हिन्दी भाषामा पनि रिलिज हुने तयारीमा छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  ०९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro