site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कुमारी बैंक र भिजन काटबीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र भिजन कार्टबीच छुटसम्बन्धी सम्झौता भएको छ । काठमाडौंको बूढानीलकण्ठस्थित भिजन कार्टमा कुमारी बैंकका ग्राहकलाई क्लिनिकबाट प्रदान गरिने सेवाहरूमा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौता अनुसार, भिजन कार्टबाट कुमारी बैंकका ग्राहकहरूलाई ओपीडी शुल्क र परीक्षणमा ४० प्रतिशत तथा अधिकतम चार हजारसम्म, निःशुल्क कन्ट्याक्ट लेन्स परामर्श र कन्ट्याक्ट लेन्समा पाँच प्रतिशतसम्म छुट दिइने बताइएको छ । साथै, पार्टनर रिफेरल केन्द्रमा कुनै प्रकारको आँखा सम्बन्धी शल्यक्रिया गर्दा पाँच प्रतिशत छुट, सनग्लासमा १० प्रतिशत छुट र ज्येष्ठ नागरिकका लागि निःशुल्क डाक्टर परामर्श दिइने बताइएको छ ।

कुमारी बैंकले देशभरका ३०२ शाखा कार्यालय, ३१५ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १७:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro