site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से ८.३० अंकले घट्यो, साढे आठ अर्बको सेयर कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन बिहीबार ८.३० अंकले घटेर बन्द भएको छ । नेप्से ०.३० प्रतिशतले घटेर २७४८.०५ विन्दुमा बन्द भएको हो ।

यस दिन ५० कम्पनीको सेयर मूल्य बढेको छ । १९४ कम्पनीको सेयर मूल्य घटेको छ । विशाल बजार कम्पनी र विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

आठ अर्ब ५४ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार नौ अर्ब ३१ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

कारोबारमा आएका १३ मध्ये डेभलपमेन्ट बैंक, जीवन बिमा र व्यापार समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ । व्यापार समूहको परिसूचक ९.२५ प्रतिशतले वृद्धि भएको छ । विकास बैंक समूहको १.०५ र जीवन बिमा समूहको परिसूचक ०.४७ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १५:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro