site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से ३९.७० अंकले बढ्दा नौ अर्ब ३१ लाखको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ३९.७० अंक बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बुधबार नेप्से परिसूचक १.४६ प्रतिशतले वृद्धि भएको हो ।

आज कारोबार रकम एक अर्ब ८६ करोड रुपैयाँले वृद्धि भएको छ । यस दिन नौ अर्ब ३१ करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार सात अर्ब ४४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

यस दिन २०० कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । ३८ कम्पनीको सेयर मूल्य भने घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।

सात कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । कारोबारमा आएका १३ समूहमध्ये फाइनान्स समूहको परिसूचक घटेको छ । अरु सबै समूहको परिसूचक बढेको छ । व्यापार समूहको परिसूचक सर्वाधिक ९.२७ प्रतिशतले बढेको छ ।  

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १५:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro