site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
उद्योगमा तत्काल लाइन नकाट्ने प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले बक्यौता नतिर्ने उद्योगहरूमा तत्काल लाइन नकाट्ने निर्णय गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले लाइन नकाट्ने निर्णय गरेको हो ।

विद्युत् नियमन आयोगले एक दिनअघि नै डेडिकेटेड तथा ट्रंकलाइन फिडरको लाइन नकाट्न पत्र पठाएपछि त्यसैलाई सदर गरेको सञ्चालक सदस्य कपिल आचार्यले जानकारी दिए । 

“लाइन नकाट्न भनेर आयोगले एक दिनअघि नै पत्र पठाएको छ । बोर्ड बैठकमा नकाट्ने निर्णय भयो,” उनले भने, “अब प्राधिकरणको व्यवस्थापनले के गर्छ ।”

बैठकमा सञ्चालकद्वय कपिल अचार्य र भक्तबहादुर पुनले असहमति राखेका थिए । 
 

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro