site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण मुद्दा न्यायाधीश पौडेल र पाण्डेको इजलासमा 
फाइल तस्बिर ।

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासमा परेको छ । 

विद्युतीय अपराध, सम्पत्ति शुद्धीकरणसहितको आरोपमा यही मंसिर ४ मा पक्राउ परेका प्रसाईं प्रहरी हिरासतमा छन् । प्रहरीलाई काठमाडौं जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धानको अनुमति दिएका कारण उनी दोस्रोपटकको म्याद थपपछि प्रहरी हिरासतमै रहेका छन् । तर, उनका छोरा निराजनले प्रसाईंलाई गैरकानुनी थुनामा राखिएको भन्दै यही मंसिर ८ गते बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए । 

न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले ९ गते बन्दीलाई अदालतमा उपस्थित गराउने आदेश दिएको थियो । बुधबार उनलाई अदालतमा उपस्थित गराइए पनि बयान नगरी हिरासत फर्काइएको थियो । प्रसाईंलाई आज हिरासतमै बयान गराएर सुनुवाइ हुने बताइएको छ ।


 

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  ११:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro