site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले लिए शपथ लिए

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ सिंहदरबारमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले श्रेष्ठलाई शपथ गराएका हुन् ।

श्रेष्ठलाई शपथ खुवाउँदै अर्थमन्त्री पौडेलले खुदा प्रतिष्पर्धाका आधारमा बोर्डको अध्यक्षलाई चयन गरेको बताए । उनले अब पुँजीबजारमा रहेका समस्याहरू समाधान हुने विश्वास व्यक्त गरे । अध्यक्ष चयन भएसँगै बोर्डले गतिशील ढंगले काम गर्ने उनको विश्वास छ ।

शपथपछि श्रेष्ठले पुँजीबजारलाई चलायनमान बनाउन र यस क्षेत्रमा देखिएका समस्या समाधान गर्दै लगानीकर्ताको मनोवल उच्च बनाउन भूमिका खेल्ने बताए ।

श्रेष्ठलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro