site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से ३३.४१ अंकले बढ्यो, सबै समूहमा हरियाली

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ३३.४१ अंक बढेर बन्द भएको छ । मंगलबार नेप्से परिसूचक १.२४ प्रतिशत वृद्धि भएर २७१६.६६ विन्दुमा बन्द भएको हो ।

यस दिन सात अर्ब ४४ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सपोर्ट लघुवित्त वित्तीय संस्था, युनाइटेड इदी मार्दी हाइड्रोपार र कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

२११ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । ३२ कम्पनीको सेयर मूल्य घटेको छ । माछापुच्छ्रे बैंकको सेयर मूल्य भने स्थिर छ ।

आज कारोबारमा आएका १३ वटै समूहका परिसूचक वृद्धि भएको छ । परिसूचक सर्वाधिक वृद्धि हाइड्रोपावर समूहको भएको छ । यो समूहको परिसूचक १.९७ प्रतिशतले वृद्धि भएको छ । ‘अन्य’ समूहको परिसूचक १.६८ प्रतिशतले वृद्धि भएको छ ।  

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १५:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro