site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पर्सामा अपहरण गरी फिरौती मागेको आरोपमा दुईजना पक्राउ

काठमाडौं । पर्सामा अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१६, इनर्वागाउँका ३० वर्षीय सन्तोषदास तत्मा र वीरगन्ज–१६, नगवाका ३१ वर्षीय हरिशंकर शर्मा छन् । गएको आइतबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

सोही दिन रौतहटको कटहरिया नगरपालिका–६ का ४१ वर्षीय एक पुरुषको अपहरण गरी फिरौती रकम मागेको भन्ने उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूलाई वीरगन्ज–१६, इनर्वागाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूका साथबाट नगद ५० हजार रुपैयाँ र अपहरणमा प्रयोग गरिएको दुईथान मोटरसाइकल समेत बरामद गरेको छ । 

उनीहरूविरुद्ध अपहरण तथा शरीर बन्धक कसुरमा पर्सा जिल्ला अदालतबाट सात दिन म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १२:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro