site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मौसम प्रतिकूल हुँदा रवि लामिछानेलाई काठमाडौं लैजान ढिलाइ
फाइल तस्बिर ।

पोखरा । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका निम्ति काठमाडौं लैजाने भनिए पनि ढिलाइ भएको छ । उनलाई हवाईमार्गबाट काठमाडौं लैजाने तयारी गरिएको हो ।

तर, मौसम प्रतिकूलले उडान प्रभावित हुँदा उनलाई काठमाडौं लैजाने समय अनिश्चित भएको छ । मंगलबार (आज) बिहान ८ः४० बजेको उडानमार्फत लामिछानेलाई काठमाडौं लैजाने तयारी थियो ।

“मौसम प्रतिकूल हुँदा उडान प्रभावित भएका छन्, जसका कारण रवि लामिछानेलाई काठमाडौं पठाउन सकिएको छैन,” जिल्ला प्रहरी कार्यालय कास्की स्रोतले बाह्रखरीसित भन्यो ।

पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने गएको कात्तिक २ गतेयता कास्की प्रहरीको हिरासतमा छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १०:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro