site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से १५.८३ अंकले बढ्यो, ६ अर्ब ३४ करोडको सेयर कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार १५.८३ अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक ०.५९ प्रतिशतले वृद्धि भएर २६८३.३४ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

यस दिन ६ अर्ब ३४ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबारको तुलनामा सेयर खरिद–बिक्री रकम घटेको छ । आइतबार सात अर्ब ७२ करोड ८८ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

१६९ कम्पनीको सेयर मूल्य बढेको छ । ६७ कम्पनीको सेयर मूल्य घटेको छ । नौ कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबारमा आएका १३ मध्ये म्युचुअल फन्ड र उत्पादन तथा प्रशोधन समूहको परिसूचक घटेको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.२३ प्रतिशतले घटेको छ । म्युचुअल फन्ड समूहको परिसूचक ०.३२ प्रतिशतले घटेको छ ।

फाइनान्स समूहको परिसूचक २.२७ प्रतिशतले बढेको छ । बेस्ट फाइनान्स, सुपर मादी हाइड्रोपावर, कर्पाेरेट डेभलपमेन्ट बैंक, स्वाभिमान लघुवित्त वित्तीय संस्था र सप्तकोसी डेभलपमेन्ट बैंकको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro