site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
रुखले च्यापिएर एकको मृत्यु, दुईजना गम्भीर घाइते

बाजुरा । बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्या युनामा रुखले च्यापेर आज एक जनाको मृत्यु भएको छ । अन्य दुईजना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा हिमाली गाउँपालिका–३ युनाका ४३ वर्षीय सुपधन बुढा छन् । घटनामा परी स्थानीय ४८ वर्षीय सिदुपुरी रोकाया र ३० वर्षीय पर्मलाल सुनार गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनकबहादुर बोहराले जानकारी दिए ।

युनास्थित कादुरी जलविद्युत् आयोजनाको लाइन विस्तारका लागि सल्लाको रुख काट्ने क्रममा रुख ढलेपछि च्यापिएर बुढाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक बोहराले बताए । 

घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  २०:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro