site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति, अस्पतालमा भर्ना हुन सक्ने

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । आइतबार न्यायाधीश कमला पौडेलको इजलासले प्रसाईंलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रसाईंले स्वास्थ्य समस्या देखाएर दिएको निवेदनमा न्यायाधीश पौडेलको इजलासले उपचारका लागि अनुमति दिएको काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार रामु शर्माले जानकारी दिए । शर्माका अनुसार, उनलाई विशेषज्ञ उपचार गराउन आदेश भएको छ । यससँगै उनी अस्पताल भर्ना हुने बाटो खुलेको छ ।

प्रहरीको साइबर ब्युरोले विद्युतीय कारोबार ऐन, २०६३ अनुसारको कसुरमा प्रसाईंमाथि अनुसन्धान गरिरहेको छ । ब्युरोले अनुसन्धानका लागि थप १० दिन मागेको थियो ।

यही मंसिर ४ भक्तपुरस्थित निजी निवासबाट पक्राउ परेका प्रसाईंविरुद्ध ब्युरोले सम्पत्ति शुद्धीकरण, लिखत किर्ते, आपराधिक लाभ र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकम्युनिकेसन कम्पनीमा लगानी गरेको दाबीसहित प्रसाईंले सामाजिक सञ्जालमा भिडियो अपलोड गरेका थिए । सोही कसुरमा उनीविरुद्ध प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro