site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
लिलामीमा राखिँदै म्याकियाभेलीको पुस्तक ‘द प्रिन्स’ 

काठमाडौं । पुनर्जागरणकालको इटालीका विश्वप्रसिद्ध लेखक तथा कूटनीतिज्ञ निकोलो म्याकियाभेलीको चर्चित पुस्तक ‘द प्रिन्स’को पहिलो संस्करण लिलामीमा राखिने भएको छ । तीन लाख ७५ हजार अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने गरी किताब लिलामीमा राख्न लागिएको हो ।

१६औँ शताब्दीको सुरुमा लेखिएको यो किताब त्यतिखेर ११ प्रति मात्र छापिएको थियो । लिलामीमा राख्न लागिएको किताब तिनै ११ मध्ये एक हो । बाँकी प्रति इटालीका विभिन्न पुस्तकालयमा छन् ।

यो पहिलो किताबको प्रति एक संकलकबाट फेला परेको जनाइएको छ । किताब लिलामी गर्न लागेको संस्था सेथोविकाका पुस्तक र पाण्डुलिपि विशेषज्ञ गेब्रियल हिटनका अनुसार, यो हालसम्मको इतिहासमा संसारकै चर्चित किताब हो । यो किताब नोभेम्बर २८ देखि डिसेम्बर १२ सम्म लिलामीमा राखिनेछ ।

‘द प्रिन्स’ म्याकियाभेलीले जेलमा रहेको समयमा सन् १५५३ मा लेखेका थिए । यो किताब प्रकाशनपछि १५५९ मा इटालीको क्याथोलिक चर्चले प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धको सात दशकपछि मात्र यो किताब पुनः प्रकाशन गरिएको थियो ।

म्याकियाभेलीको किताब ‘द प्रिन्स’ले सत्ताको कमान सम्हाल्ने व्यक्तिलाई असल बन्न नभई आवश्यकताअनुसार कसरी काम गर्ने भनेर सिकाउँछ । यसले राज्य चलाउने व्यक्तिलाई कल्पनाको संसारमा नभई यथार्थमा रहेर राजनीति गर्न सिकाउँछ ।

विद्वान्हरू ‘द प्रिन्स’लाई राजनीतिज्ञको ‘म्यानुअल’ पनि भन्छन् । हिटन भन्छन्, “म्याकियाभेलीले राजनीतिक शक्तिको प्रकृति र विशेष गरी अशान्ति र अनिश्चितताको समयमा राजनीतिक शक्ति प्रयोग गर्ने तरिकाबारे स्पष्ट दृष्टिकोण दिन्छन् ।” सीएनएनबाट ।

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १७:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro