site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मिसिका फाउन्डेसनले गर्‍यो विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सामग्री वितरण

काठामाडौं । मिसिका फाउन्डेसनले चितवनको इच्छाकामना गाउँपालिका–६, कालीखोलास्थित देवीभन्ज्याङ राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सामग्री वितरण गरेको छ ।

मनकामना ग्रुप अफ कम्पनीअन्तर्गत सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले स्थापित यो फाउन्डेसनले विगतका वर्षमा जस्तै यसपालि पनि स्व. मिसिका अर्यालको १०औँ स्मृति दिवसका अवसरमा न्यानो कपडा र स्टेसनरी सामग्री वितरण गरेको हो ।

कार्यक्रममा मनकामना ग्रुप अफ कम्पनी तथा मिसिका फाउन्डेसनका डिरेक्टर मधुसूदन अर्यालले विपन्न समुदायका बालबालिकालाई यसमार्फत सहयोगको प्रयास गरिएको बताए ।

प्रधानाध्यापक ज्ञानु पाण्डेले फाउन्डेसनले गर्दै आएको यो कार्यक्रमले विद्यार्थीमा विद्यालय नियमित गएर पढ्नुपर्छ भन्ने भावना सिर्जना भएको बताए । न्यानो कपडा र स्टेसनरी सामग्रीले पठनपाठनमा ऊर्जा मिलेको कक्षा–६ मा अध्ययनरत छात्रा संगीता चेपाङले बताइन् ।

फाउन्डेसनले आउँदा दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro