site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अरुण नदीमा पूजा गर्ने क्रममा एकजना बेपत्ता
प्रतीकात्मक तस्बिर ।

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–११, खहरेस्थित अरुण नदीमा पूजा गर्ने क्रममा एकजना बेपत्ता भएका छन् । चैनपुर–११, कुइबिरका ४८ वर्षीय गजेन्द्र जिमी बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए ।

खहरेस्थित अरुण नदीमा शनिबार पूजा गर्ने क्रममा चिप्लिएर जिमी बेपत्ता भएका प्रहरी निरीक्षक लामिछानेले जानकारी दिए । सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले उनको खोजीकार्य जारी राखेका जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार, जिमी पूजा सुरु गरेलगत्तै चिप्लिएर नदीमा बेपत्ता भएका हुन् । जिमी परिवारका ६ जनासहित शनिबार अरुण नदीमा पुगेका थिए । रासस

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १८:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro