site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कञ्चनपुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते

कञ्चनपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११, कलुवापुरमा शनिबार यात्रुवाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । धनगढीबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना४ख ७७५५ नम्बरको बस दुर्घटना हुँदा त्यसमा सवार ३१ जना घाइते भएका हुन् ।

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिए ।

अत्तरिया र महेन्द्रनगरस्थित महाकाली अस्पतालमा घाइतेको उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । रासस
 

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १८:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro