site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
इन्भेस्टमेन्ट कम्पनीको सेयर कारोबारसम्बन्धी नयाँ प्रावधान

काठमाडौं । गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापित इन्भेस्टमेन्ट कम्पनीको सेयर कारोबारसम्बन्धी नयाँ व्यवस्था गरिएको छ ।

धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका प्रवक्ता डा. नवराज अधिकारीका अनुसार, इन्भेस्टमेन्ट कम्पनीको सेयरमा गैरआवासीय नेपालीले लगानी गर्न सक्ने र त्यो दोस्रो बजारमा पनि उनीहरूले मात्र खरिद–बिक्री गर्न पाउनेछन् ।  बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ मा आठौँ संशोधन गर्दै त्यस प्रकारको प्रबन्ध गरेको हो ।

गैरआवासीय नेपालीले नेपालका बैंक तथा वित्तीय संस्थामा खाता खोल्न सक्नेछन् । सोही खातामा आस्वा प्रणालीको प्रयोग गरी सरकार र गैरआवासीय नेपालीले स्थापना गरेको कम्पनीको सेयरमा आवेदन दिन सक्ने प्रबन्ध गरिएको उनले जानकारी दिए ।

त्यसरी बिक्री गरिने सेयरमा आवेदन दिन सकिने न्यूनतम सीमा भने एक हजार कित्ता रहेको छ । सेयर खरिद गर्न चाहने गैरआवासीय नेपाली नागरिकले आफ्नो परिचयपत्र वा स्थायी लेखा नम्बर पेस गर्नुपर्नेछ ।

त्यस्तो कम्पनीको संस्थापक वा सर्वसाधारणका रूपमा लगानी गर्न सक्नेछन् । सेयरको कारोबार प्रणाली धितोपत्र बजारले व्यवस्था गरेबमोजिम हुनेछ । संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनीले धितोपत्र निष्कासन गर्दा सेयरको प्रत्याभूतिसम्बन्धी व्यवस्था भने लागु हुने छैन ।

गैरआवासीय नेपालीलाई पुँजी बजारमा लगानीको अवसर उपलब्ध गराउन सरकार र बोर्डको उच्च प्राथमिकता रहेको प्रवक्ता डा. अधिकारीको भनाइ छ । रासस

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  १५:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro