site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दैलेखको सिस्नेमा बस दुर्घटना हुँदा आठजना घाइते
प्रतीकात्मक तस्बिर ।

नौमुले (दैलेख) । कर्णाली राजमार्गको दैलेख सडकखण्ड, आठविस नगरपालिका–३, सिस्नेमा बस दुर्घटना हुँदा आठजना घाइते भएका छन् । बसको ब्रेक फेल भई भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जुम्लाबाट टीकापुर गइरहेको ना४ख ६०५६ नं को बस दुर्घटना भएको हो । राजमार्गमै बस पल्टिएका कारण सडक अवरुद्ध हुँदा आवागमन रोकिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख टोपबहादुर महताराले जानकारी दिए । घाइतेलाई उपचारका लागि सुर्खेत पठाइएको छ । बसमा ३२ जना सवार थिए । रासस

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  २०:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro