site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपाल जलवायु अनुकूलन कोषको सदस्यमा पुनः मनोनयन

बाकु । नेपाल अल्पविकसित राष्ट्रहरूको समूह एलडीसीको तर्फबाट जलवायु अनुकूलन कोषको सदस्यको रूपमा पुनः मनोनयन भएको छ ।

अजरबैजानको बाकुमा जारी जलवायु सम्मेलनको क्रममा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धीको व्यवस्थाअनुसार अनुकूलन कोषको बोर्ड सदस्यमा वन तथा वातावरण मन्त्रालयका उपसचिव नरेश शर्मा मनोनयन भएका छन् ।

बोर्ड सदस्यको लागि शर्मालाई नेपाल सरकारले प्रस्ताव गरेको थियो । एलडीसी समूहले शर्मालाई सन् २०२५/२०२६ का लागि बोर्ड सदस्यको रूपमा मनोनयन गरेको हो । यो मनोनयनपछि नेपाललाई अनुकूलन कोषमा पहुँच विस्तारका लागि सहज हुने र कार्यक्रम स्वीकृत गरी बजेट ल्याउन सहजीकरण हुने मनोनित सदस्य शर्माले बताए ।

शर्माले यसअघि पनि सन् २०२२ देखि २०२४ सम्मका लागि बोर्ड सदस्यको रूपमा काम गरिसकेका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १९:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro