site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एमजी विन्डसर ईभीका एकसय युनिट डेलिभर

काठमाडौं । एमजी मोटरको हालै सार्वजनिक विद्युतीय गाडी (ईभी) एमजी विन्डसरका एकसय युनिट डेलिभर गरिएको छ ।

भारतमा एमजीको निर्माता जेएसडब्ल्यू एमजी मोटरका गाडी राम एमजी डिलरसिपले क्रसओभर युटिलिटी भेहिकल (सीयूभी) बिक्री गरेको हो ।

गत सेप्टेम्बरमा सार्वजनिक हुँदा विन्डसरले एकै दिनमा १५ हजार १७६ बुकिङ प्राप्त गरेको थियो । कम्पनीले अक्टोबरमा तीन हजार ११६ युनिट बिक्री गरेको थियो ।

तेलंगाना सरकारले ल्याएको कानुनले तेलंगानामा खरिद भएका र दर्ता भएका ईभीलाई सडक कर छुट दिने निर्णय गरेपछि हैदराबादमा विन्डसरको बिक्रीलाई मद्दत पुगेको कम्पनीको भनाइ छ । सन् २०२६ को डिसेम्बर ३१ सम्म यो नीति लागु हुने भएको छ ।

भारतमा एमजी विन्डसरका एक्साइट, एक्सक्लुसिभ र एसेन्स गरी तीन भेरियन्ट छन् ।

३८ किलोवाट आवरको ब्याट्री रहेको गाडीले ३३२ किलोमिटर रेन्ज दिने बताइएको छ । यसको अधिकतम मोटरपावर १३६ पीएस छ भने गाडीको टर्क २०० एनएम छ ।

नेपालमा समेत एमजी मोटरले विन्डसर ईभी सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १८:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro