site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बीवाईडीको ३०औँ वार्षिकोत्सवमा नेपालमा एकसय गाडी डेलिभरी

काठमाडौं । साइमेक्स इंकले बीवाईडीको ३०औँ वार्षिकोत्सव र विश्वव्यापी रूपमा एक करोड एनईभी उत्पादन गरेको अवसरमा नेपालभर कम्पनीले एकसय युनिट गाडी डेलिभरी गरेको छ ।

यसले नेपाललाई दिगो यातायाततर्फ उन्मुख गराउने प्रयासलाई अझ बलियो बनाउँदै हरित भविष्यप्रतिको बीवाईडीको प्रतिबद्धता देखाएको कम्पनीले बताएको छ ।

यो उपलब्धिले बीवाईडीको विश्वव्यापी अटोमोटिभ इन्डस्ट्रीमा भएको क्रान्तिकारी नेतृत्व र नेपालमा यसको बढ्दो उपस्थितिलाई झल्काएको कम्पनीको भनाइ छ।

विश्वव्यापी रूपमा एक करोड ईभी उत्पादन गर्ने पहिलो गाडी निर्माता बीवाईडी बनेको छ ।

यसले नवप्रवर्तन, दिगोपन र शून्य उत्सर्जनतर्फको भविष्यप्रतिको प्रतिबद्धता प्रमाणित गरेको कम्पनीको भनाइ छ ।

साइमेक्स इंन्कले बीवाईडीका बीवाईडी एट्टो ३, बीवाईडी डल्फिन र बीवाईडी सिल जस्ता आधुनिक मोडल नेपालमा बिक्री गरिरहेको छ ।

यी गाडीमा अत्याधुनिक ब्लेड ब्याट्री प्रविधि, सुरक्षाको उच्च स्तर र उत्कृष्ट प्रदर्शन भएकै कारण नेपाली ग्राहकको रोजाइमा परेको कम्पनीको दाबी छ ।

साइमेक्स इंन्कका नेस्नल सेल्स प्रमुख अशुतोष गौतमले बीवाईडीको ३०औँ वार्षिकोत्सवमा नेपालभर एकसय गाडी डेलिभरीको उपलब्धि गर्वको क्षण भएको बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १८:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro