site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
उत्तरदायी स्वास्थ्य अनुसन्धानबारे नेपालमा पहिलोपटक शिखर सम्मेलन हुँदै 

काठमाडौं । उत्तरदायी स्वास्थ्य अनुसन्धानबारे नेपालमा पहिलोपटक शिखर सम्मेलन हुने भएको छ । मंसिर ९ देखि १२ गतेसम्म 'फोरम फर इथिकल रिभ्यू कमिटी इन द एसिया एन्ड वेस्टर्न प्यासिफिक रिजन (फरक्याप)’को २४औँ शिखर सम्मेलन हुन लागेको हो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा हुने सम्मेलनको नारा 'उत्तरदायी अनुसन्धान, अधिकतम लाभ' रहेको छ ।

परिषद्ले बर्सेनि विभिन्न अनुसन्धान प्रतिवेदनमाथि समीक्षात्मक सम्मेलन गर्दै आएको छ । अनुसन्धानमा आचारसंहिता र उत्तरदायित्वका विषयमा भने पहिलोपटक सम्मेलन हुन लागेको परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीले जानकारी दिए ।

सम्मेलनले स्वास्थ्य अनुसन्धान कार्यको नियमन, असर आचारसंहिताको अभ्यास र गुणस्तरीय तथ्यांक संकलत तथा सम्प्रेषणमा सहयोग पुग्ने उनले बताए ।

सम्मेलनमा २३ देशका वैज्ञानिक तथा अनुसन्धानको क्षेत्रमा काम गरिरहेका व्यक्तित्वहरू उपस्थित हुने छन् । यस्तै, नब्बेवटा मौखिक र १३ वटा पोस्टर प्रस्तुत गरिने छ ।

होटल एभरेस्टमा हुने तीनदिने कार्यक्रमको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गर्ने छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १६:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro