site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निर्यात बढ्दा व्यापार घाटामा सुधार

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को चार महिना (साउन–कात्तिक)मा नेपालको व्यापार घाटामा सुधार देखिएको छ । उक्त अवधिमा व्यापार घाटा ०.२६ प्रतिशतले घटेको छ ।

भन्सार विभागका अनुसार, चालु आर्थिक वर्षको चार महिनाको अवधिमा नेपालको व्यापार घाटा चार खर्ब ६० अर्ब ७१ करोड ७३ लाख रुपैयाँमा झरेको छ । गत आर्थिक वर्षको चार महिनाको अवधिमा व्यापार घाटा चार खर्ब ६१ अर्ब ९३ करोड ८० लाख रुपैयाँ थियो ।

पछिल्लो चार महिनाको अवधिमा आयातमा कमी र निर्यातमा वृद्धि भएकाले व्यापार घाटामा सुधार देखिएको छ ।

गत आर्थिक वर्षको चार महिनाको आयात निर्यातको तुलनामा चालु वर्षमा चार प्रतिशतले वृद्धि भएको छ । चार महिनामा ५२ अर्ब ६७ करोड सात लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । गत वर्षको कात्तिक मसान्तसम्म ५० अर्ब ५६ करोड ५३ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको थियो ।

चालु आर्थिक वर्षको चार महिनामा पाँच खर्ब १३ अर्ब ३८ करोड ८० लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । यो गत आर्थिक वर्षको चार महिनाको तुलनामा ०.१७ प्रतिशतले बढी हो । गत वर्षको कात्तिक मसान्तसम्म पाँच खर्ब १२ अर्ब ५० करोड ३४ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro