site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पर्सामा ८५ केजी गाँजासहित तीनजना पक्राउ

काठमाडौं । पर्सामा ८५ केजी गाँजासहित तीनजना पक्राउ परेका छन् । प्रहरीले शुक्रबार बिहान वीरगन्ज महानगरपालिका–१६ बाइपास रोडबाट ८५ किलो ८०० ग्राम गाँजासहित सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ का चालक ३५ वर्षीय शान्ताबहादुर तिमल्सिनासहित तीन जनालाई पक्राउ गरेको हो । 

प्रहरी चौकी इनर्वा र लागुऔषध नियन्त्रण ब्युरो शाखा वीरगन्जबाट खटिएको प्रहरीले बसपार्कबाट रजतजयन्ती चोकतर्फ जाँदै गरेको ना.४ ख ९२५८ नम्बरको मिनी ट्रकबाट गाँजा बरामद गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १४:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro