site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपालले पायो ‘डबल बी माइनस’ कन्ट्री रेटिङ, जलविद्युत् र बाह्य क्षेत्रको पकड बलियो

काठमाडौं । नेपालले कन्ट्री रेटिङमा सकारात्मक रेटिङ प्राप्त गरेको छ । फिच रेटिङले गरेको रेटिङमा नेपालले लगानीका लागि सुरक्षित मानिने ‘डबल बी माइनस’ रेटिङ पाएको हो ।

फिचले सार्वजनिक गरेको प्रतिवेदन अनुसार, नेपालको बाह्य ऋणको बोझ, बलियो बाह्य तरलता र जलविद्युत् क्षेत्रले अर्थतन्त्रलाई बल पुर्‍याएको छ । यिनै कारणले गर्दा पनि नेपालको आर्थिक वृद्धिको सम्भावना झल्काउने प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, सन् २००६ मा सशस्त्र द्वन्द्वको अन्त्य र त्यसपछिको राजनीतिक संक्रमणमा भएको सुधारले पनि केही हदसम्म सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, रेमिट्यान्स आय तथा विदेशी विनिमय सञ्चिति र शोधनान्तर स्थिति बचतलाई पनि फिचले सकारात्मक र"पमा लिएको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  २०:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro