site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पाथीभरा क्षेत्रमा हिमपात
फाइल तस्बिर ।

ताप्लेजुङ । ताप्लेजुङको पाथीभराधाम क्षेत्रमा यो वर्ष पहिलोपटक सामान्य हिमपात भएको छ । केही दिनयता चिसो बढिरहेको यो क्षेत्रमा बिहीबार (आज) बिहानैदेखि हल्का हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिले जानकारी दिएको छ ।

हिमपातसँगै मौसम अझै चिसो बनेको छ । हिमपातले चिसो बढे पनि हिउँ परेको दृश्यले पर्यटक र तीर्थयात्रीलाई आकर्षित गर्ने र आगन्तुकको संख्या बढ्ने अपेक्षा गरिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए ।

पाथीभरा मन्दिर धार्मिक र पर्यटकीय हिसाबले निकै महत्त्वपूर्ण मानिने स्थान भएकाले हिउँ परेको समयमा यो क्षेत्रमा बर्सेनि आन्तरिक पर्यटकको आगमन बढ्ने गरेको छ ।

तीन हजार ७९४ मिटरको उचाइमा पर्ने उक्त मन्दिर क्षेत्रमा हिमपातका कारण यातायातमा समस्या नआए पनि चिसोबाट जोगिन तीर्थयात्रीले सतर्कता अपनाउनुपर्ने पाथीभरा क्षेत्र विकास समितिले सुझाव दिएको छ । रासस
 

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १४:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro