site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
सिरियामा इजरायली हमला : ३६ जनाको मृत्यु
तस्बिर : रोयर्टस

दमास्कस (सिरिया) । सिरियाको प्राचीन पाल्मिरा सहरमा बुधबार भएको इजरायली हमलामा ३६ जनाको मृत्यु हुनुका साथै अन्य ५० जना भन्दा बढी घाइते भएको सिरियाली रक्षा मन्त्रालयले जनाएको छ ।

बेलायतमा आधारित युद्ध पर्यवेक्षक 'सिरियन अब्जर्वेटरी फर ह्युमन राइट्स'ले भने इजरायली आक्रमणमा ६१ जनाको मृत्यु भएको जनाएको छ । 

जसमध्ये ३३ जना इरानी मिलिसियासँग सम्बन्धित सिरियाली, २२ जना गैर–सिरियाली, चारजना हिजबुल्लाह र दुईजना अज्ञात थिए ।

इजरायलले अल–तान्फ क्षेत्रको पाल्मिरा सहरका धेरै भवनहरूलाई निसाना बनाएर हवाई आक्रमण   गरेको रक्षा मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको हो ।

सिरियाको विदेश मन्त्रालयले “पाल्मिरा सहरविरुद्धको क्रूर इजरायली आक्रमणको कडा निन्दा गर्दै यसले यस क्षेत्रका देशहरूका जनताविरुद्धको निरन्तरको अपराधलाई प्रतिबिम्बित गरेको जनाएको छ ।  

युनेस्कोको विश्व सम्पदासूचीमा समावेश स्थल पाल्मिरा सिरियाली गृहयुद्धको चरम अवस्थामा इस्लामिक राज्यका जिहादीहरूले कब्जा गरेका थिए ।

सिरियाका पुरातत्व तथा संग्रहालयका महानिर्देशक नाजिर अवादले पछिल्लो आक्रमणमा सहरका मन्दिरहरूमा प्रत्यक्ष क्षति नभएको बताएका छन् । रासस/एएफपी

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro