site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हँसिया प्रहार गरी छिमेकीको हत्या
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । दैलेखमा हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुल्लु नगरपालिका–१३, खडिका धाराका ४३ वर्षीय भुवनसिंह विक छन् ।

उनीमाथि छिमेकी सोही ठाउँका ५६ वर्षीय कर्णबहादुर कामीको हत्या गरेको आरोप छ । भुवनले हँसिया प्रहार गर्दा कर्णबहादुर गम्भीर घाइते भएका थिए । उपचारका क्रममा दुल्लु अस्पतालमा उनको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

घटनाको सूचनालगत्तै अस्थायी प्रहरी पोस्ट बैंक विनायकबाट खटिएको प्रहरी टोलीले भुवनलाई पक्राउ गरेको जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०८१  १२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro